विषालु च्याउ खाँदा छोराको मृत्यु, आमा गम्भीर बिरामी

विषालु च्याउ खाँदा छोराको मृत्यु, आमा गम्भीर बिरामी

chyau

जाजरकोट । विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर बिरामी भएका छन् ।

हिजो बिहीबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका ४ का करे सार्कीका १८ वर्षका तुलबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

च्याउ खाएपछि बिरामी भएका तुलबहादुरको हिजो दिउँसो साढे २ बजे ज्यान गएको हो । यस्तै तुलबहादुरकी आमा ५० वर्षकी डिली सार्की गम्भीर भएकी छन् ।

उनको नलगाड नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds