क्रोएसियाले इंग्ल्याण्डलाई निराश पार्दै रुसमा जारी विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको छ । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाका लागि अतिरिक्त समयमा मारियो मान्जुकीले गरेको गोल निर्णायक बन्यो ।
सुरुमा नै गोल खाएर पछि परेको क्रोएसिया दोस्रो हाफमा खेलमा फर्कियो । ६८ औँ मिनेटमा इभान पेरिसिकले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलियो ।
मान्जुकीको गोलले उसलाई पहिलो पटक उपाधि होडमा पुर्याएको छ । मस्कोमा रहेको जुज्हनिक रंगशालामा बुधबार राति भएको खेलमा जित निकालेपछि युरोपको सानो देश क्रोएसियाका खेलाडी, खेल पदाधिकारी तथा समर्थकले उत्सव मनाए ।
उनीहरुको अनुहारमा फुलेको मुस्कान सबैलाई तान्ने खालको थियो नै तर त्यो भन्दा लोभलाग्दो बन्यो जित लगत्तै मैदान छिरेका बच्चाहरु ।
क्रोएसियाली टिमका खेलाडीका छोराछोरी मैदानमा छिरे, उनीहरुका बुवाहरु खुशीयाली मनाउँदै थिए, भर्खरै बुवाहरुले खेलेको बल उनीहरुले खेल्न थाले । गोलरक्षक जानिजेल सुबासिक र डिफेन्डर डोमागोज भिडाले आफ्ना छोराछोरीसँग खेलेर खुशीयाली मनाए ।
-देशसञ्चारबाट
This will close in 3 seconds
सम्बन्धित खबर
लामाचौर कप भलिबलमा पुरूषतर्फ पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट
लामाचौर कप भलिबलः महिला तर्फको उपाधि एपिएफलाई, न्यू डायमण्ड पराजित
लामाचौर कप भलिबलः डिफेन्डिङ च्याम्पियन गण्डकी सबैभन्दा कमजोर, गल्कोट तेस्रो
लामाचौर भलिबलः महिलातर्फ एभरेष्ट बुटवल तेस्रो, गण्डकी प्रदेश पराजित
प्रथम अन्तर क्लब ह्याण्डबलको उपाधि मनकामनालाई
सशस्त्रको एपीएफ महिला र पुरूष दुवैतर्फ फाइनलमा, न्यू डायमण्ड र पुलिससँग उपाधि प्रतिष्पर्धा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग