नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकता

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकता

ekata

धनुषा। नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आइतवार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गरेका हुन्।

पार्टी एकीकरण पछि नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी र नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षरसमेत गरेका छन्।

एकीकरण कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए। चौधरीले मधेसको आन्दोलनकै लागि लड्दा आफू साढे आठ वर्षसम्म जेलमा बस्नुपरेको दाबी पनि गरे ।

एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुलगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds