‘उपयुक्त विषय छनोटले भविश्य निर्धारण गर्छ’

प्रतिभा माविमा अभिमूखिकरण

‘उपयुक्त विषय छनोटले भविश्य निर्धारण गर्छ’

आज म्यानेजमेन्ट र भोलि साइन्सका नवआगन्तुक विद्यार्थीलाई स्वागत

Prativa 080 welcome

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तिर्ण विद्यार्थीलाई कक्षा ११ मा कुन विषय छनोट गर्ने भन्ने निकै नै अन्योल हुने गर्छ । बेलैमा अग्रजको उचित सल्लाह नपाउँदा कतिपय विद्यार्थी फरक विषय अध्ययन गर्न पनि पुग्छन् । तर, नबिल बैंकका  डेपुटी चिफ एक्जुकेटिभ अफिसर मनोज ज्ञवाली भने भविश्य हेरेर विषय चयन गर्न सुुझाउँछन् । उपयुक्त विषय छनोटले भविश्य निर्धारण गर्ने उनको भनाई छ ।

पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा ११ मा भर्ना भएका व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि शुक्रबार आयोजना गरेको स्वागत तथा अभिमूखिकरण कार्यक्रममा ज्ञवालीले भविश्य जुन विषयमा देखिन्छ, त्यही विषयलाई अध्ययन गर्न सुझाए । सबै विषयको उत्तिकै महत्व रहेपनि आफु व्यवस्थापन विषयको विद्यार्थी भएकोले व्यवस्थापन नै आफ्ना लागि उचित विषय रहेको उनले बताए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका ज्ञवालीले कुनैपनि क्षेत्रमा व्यवस्थापन गर्न सक्षम जनशक्ति आवश्यक पर्ने र त्यो बेला व्यवस्थापन विषयकै जनशक्ति चाहिने बताए । ‘म आफै पनि विज्ञान विषयलाई बिचैमा त्यागेर व्यवस्थापन पढ्न थालेको हुँ । सबै विषयमा उत्तिकै भविश्य छ, तर, व्यवस्थापन सबै क्षेत्रका लागि आवश्यक पर्ने विषय हो,’ ज्ञवालीले भने, ‘अस्पतालमा चिकित्सक मात्र भएर हुँदैन, व्यवस्थापन पनि हुनुपर्छ । त्यसका लागि व्यवस्थापन विषयले व्यवस्पाथन गर्न सिकाउनेछ ।’

यतिसम्म की पशुपतिनाथ मन्दिरको भेटीको पनि हिसाबकिताब राख्नका लागि क्यूआरकोड मार्फत चन्दा संकलन गर्न थालिएको उनले बताए । क्यूआरकोड मार्फत भेटी संकलनको हिसाब राख्नु पनि व्यवस्थापन नै रहेको उनले बताए । ज्ञवालीले अबको ७–८ वर्षको अध्ययन समयले विद्यार्थीको बाँकी समय उज्जवल बन्ने बताए । ‘व्यबस्थापनमा सबैतिर अवसरै अवसर छ । जस्तोसुकै ठाउँमा पनि व्यवस्थापन विषय आवश्यक पर्छ,’ उनले भने, ‘त्यसको अबको ७÷८ वर्ष मेहनत गर्नुस सधै सुखि बनिन्छ ।’ अभिभावकका अगाडि गर्व गर्न लायक छोराछोरी बन्नु पर्ने उनले बताए । ज्ञवालीले नै अभिमूखिकरण कार्यक्रमको उद्घाटन गरेका थिए ।

विद्यालयका प्राचार्य किरण सापकोटाले अबको २ वर्ष जिवनको महत्वपूर्ण समय भएकोले खेर नफाल्न र समयको महत्व बुझेर अध्ययन गर्न विद्यार्थीलाई सुझाए । उनले यो दुइवर्षको मेहनतले जीवन नै सुखी हुने बताए । ‘११ र १२ कक्षाको समय निकै नै महत्वपूर्ण हुन्छ । त्यसैले विद्यार्थीले यो दुइवर्षको समयलाई भरपूर उपयोग गर्न जान्नुपर्छ,’ उनले भने ।

प्रतिभामा अध्ययन गरेका हरेक विद्यार्थीले दुइवर्षमा संस्कार बोकेर जाने उनले बताए । प्रतिभा माविले संसारभरका लागि प्रतिश्पर्धी विद्यार्थी तयार पार्ने प्राचार्य सापकोटाले बताए । ‘अन्तर्राष्ट्रिय स्पर्धामा प्रतिभा विद्यार्थी अब्बल ठहरिएका छन,’ उनले भने, ‘करिब ३२ सय विद्यार्थीले अध्ययन गर्ने विद्यालय हो । यो सबैको मेहनतले सफल भएको हो, प्रतिभाका सबै विद्यार्थीमा कुनै न कुनै प्रतिभा छ ।’ प्रतिभाले हरेक वर्ष आफैले आफैलाइ अब्बल बनाउँदै लगेको उनले बताए । शैक्षिकमा मात्र नभई प्रतिभा मावि खेलकुद देखि बाहिरी तहका प्रतिश्पर्धामा पनि नाम राख्न सफल भएको उनले बताए । ‘हामी हरेक नयाँ काममा अगाडि छौ । ११–१२ कक्षामै बिजनेस प्लान प्रेजेन्टेसन गराउँछौ । प्रतिभाका विद्यार्थी संस्कारयूक्त भएर निस्कन्छन,’ उनले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीले भविश्य कता लैजाने भन्ने अबको अध्ययनले बताउने बताए । ‘अबका दुइवर्ष साहै्र नै महत्वपूर्ण समय हो । यो समय खेर जान दिनुहुन्न, भविश्य कोर्ने अबको समयले हो,’ पौडेलले भने । विद्यालयले विद्यार्थीका लागि नौलो र रचनात्मक कार्यक्रम गर्दै लैजाने उनले बताए । गुणस्तर कायम गर्नमा विद्यालयले कुनै कन्जुँस्याइ नगर्ने पनि अध्यक्ष पौडेलले बताए ।

त्यस अवसरमा प्रतिभा रत्न सम्मान स्वतिका पराजुलीलाई सम्मान गरिएको थियो । यो पटकको माध्यमिक शिक्षा परीक्षा (एसइइ) चार जिपिए ल्याएकी प्रनिशा तुलाचनलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा गायक शिव परियारले झन्डै एकदर्जन गीत गाएर विद्यार्थीलाई मनोरञ्जन दिलाएका थिए ।

शुक्रबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत र अभिमूखिकरण कार्यक्रम आयोजना गरिएकोमा शनिबार विज्ञान विषयका विद्यार्थीका लागि पनि स्वागत र अभिमूखिकरण कार्यक्रम आयोजना गरेको प्राचार्य सापकोटाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds