कालीगण्डकी नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

कालीगण्डकी नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

kaligandaki

स्याङ्जा । स्याङ्जामा कालीगण्डकी नदीमा बगेर एक बालिका बेपत्ता भएकी छन्।

हिजो बुधबार चापाकोट नगरपालिका–७ गाम्रेछाप बस्ने १६ वर्षीया सजनी परियार कालीगण्डकीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान ११ बजेतिर स्याङ्जा र पाल्पाको संगमस्थल रामघाट स्थित झोलुंगे पुलबाट हामफालेर बेपत्ता भएको खबर आएपछि प्रहरीको टोलीले खोजीकार्य जारी राखेको छ।

बालिकाले लगाएको चप्पल पुल नजिकै फेला परे पनि अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ