ओलीले भने– ‘मेरो युट्युब च्यानल सब्सक्राईव गर्नुस् न है’

ओलीले भने– ‘मेरो युट्युब च्यानल सब्सक्राईव गर्नुस् न है’

'केपी बा' लाई पाँच हजार बढीले सब्स्क्राइब गरे

kp baa

काठमाडौँ । केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका छन् । ओलीको युटुब च्यानलको नाम ‘केपी बा’ हो । उनले च्यानललाई पाँच हजार बढीले सब्स्क्राइब गरेका छन् । उनले च्यालन सब्स्क्राइब गर्न आग्रह गरेपछि सब्स्क्राइबरको संख्या बढिरहेको छ।

आइतबार बिहान फेसबुकमा आफू ५ हजार फिट माथिबाट उढिरहेको हेलिकप्टरबाट झरेर पनि बाँचेको कुरा उल्लेख गर्दै आफ्नो च्यानलमा आफ्नो जिवनका थुप्रै कुराहरु रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो । यो मेरो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव हो ।’

मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु ।आगामी दिनमा पनि म आफ्ना यस्तै अनुभवहरू बाँड्दै जानेछु । च्यानल सब्सक्राईव गर्नुहोस् न है ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds