काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मिटरब्याजसम्ब्न्धी विधेयक नल्याए अब सदन चल्न नदिने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले कसको स्वार्थमा यो विधेयक नल्याइएको भन्दै प्रश्न समेत गरेका छन्।
आगामी बैठकमा मिटरब्याज पीडितहरुका लागि सरकारले ल्याउन खोजेको विधेयेकलाई ब्युँताएर कार्यसूचीमा नराखे रास्वपा सदन चल्न नदिने उनले बताए।
उनले मिटरब्याजको अध्यादेशबारे प्रतिपक्षीहरू यसको विपक्षमा छन् भन्ने भ्रम छर्न खोजिएको आरोप लगाए। उनले अगाडी भने, “राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याज पीडितहरूको पक्षमा छ, सरकारलाई यो विधेयक यथाशीघ्र सदनमा ल्याउन आग्रह गर्न चाहन्छ। उनीहरूको पीडाको सम्बोधन गर्नुपर्छ। कसको स्वार्थले ल्याइएन ? यो सदनलाई थाहा हुनुपर्छ।”
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ