बाजेको कुटाइबाट एउटा नातिको मृत्यु, अर्काको आईसीयूमा उपचार हुँदै

बाजेको कुटाइबाट एउटा नातिको मृत्यु, अर्काको आईसीयूमा उपचार हुँदै

balak

बैतडी । बैतडीको पुर्चौंडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ ।

बिहीबार पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका ५० वर्षीय बाजे गणेश साउँदको कुटाइबाट २ वर्षीय नाती रेशम साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै ८ वर्षीय नाती रिजन साउँद गम्भीर घाइते भएका छन् ।

बिहीबार दिउँसो रेशम र रिजनका आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपिट गरेका थिए ।

बाजेको कुटपिटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा बिहीबार राती मृत्यु भएको हो ।

यस्तै अर्का बालक रिजनको नवजीवन अस्पताल धनगढीमा आइसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था समेत गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनापछि गणेश साउँदलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds