सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ

ललिता निवास प्रकरण:

सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ

कास्कीका सिडिओ थिए नौ वर्ष अघि

Krishna-Bahadur

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनमिना प्रकरणमा प्रहरीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार राउतलाई पक्राउ गरेको हो । ‘पक्राउ गरेर अनुसन्धान थालेका सुरु गरिएको र सोमबार अदालत पेश गरेर थप अनुसन्धानका लागि म्याद लिने ब्यूरोले जनाएको छ ।

सहसचिव हुँदा राउत २०७१ सालमा कास्कीको सिडिओ थिए । राउत शाखा अधिकृत छँदा गरेको कसूरको आधारमा अहिले पक्राउ परेका हुन् । ०६६ सालमा राउतको शाखामा उपसचिव थिएनन् । त्यसैले अधिकृतकै हिसाबमा उनले प्रस्तावका लागि टिप्पणी उठाएका थिए ।

यो प्रकरणमा किर्ते र संगठित अपराधको कसूरमा अनुसन्धान थालेको सीआईबीले थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पुनम थापा मगर

पुनम थापा मगर

लेखक गण्डक न्यूजका डेस्क संयाेजक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds