पोखरामा नेपाल टेलिकमकाे फाइभजी सेवा परीक्षणमा

पोखरामा नेपाल टेलिकमकाे फाइभजी सेवा परीक्षणमा

महेन्द्रपुल क्षेत्रमा परीक्षण

Mahendrapool 1

तस्वीरः सञ्जय शाक्य

पोखरामा टेलिकमले फाइभजी सेवाको परीक्षण गरिरहेको छ । नेपाल टेलिकम प्रादेशिक कार्यालय पोखराका निर्देशक इन्दल यादवले अहिले पोखराको महेन्द्रपुल क्षेत्रमा फाइभजी सेवा परीक्षणमा रहेको जानकारी दिए । उनले भने – ‘काठमाडौंपछि सेवा विस्तारको लागि पोखरालाई प्राथमिकतामा राखिएको छ ।’

नेपाल टेलिकमले प्रदान गर्ने सेवाबारे जानकारी दिन प्रादेशिक कार्यालय पोखराको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा  पोखरामा आयोजित कार्यक्रममा याे बारे जानकारी दिइएकाे हाे ।

टेलिकमले आम्दानीभन्दा पनि संचारमार्फत् देशलाई जोड्ने काम गरिरहेको यादवले जिकिर गरे । उनले नेपाल टेलिकमले सेवाको गुणस्तर वृद्धिलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै पछिल्लो समयमा जनतालाई सजिलो हुने गरी विभिन्न खाले सुविधाहरु थपिएको पनि बताए ।

टेलिकमले गुणस्तरीय सेवाका सम्पादन गरेका विभिन्न गतिविधिबारे जानकारी दिँदै उनले सोचेजस्तो गतिमा काम नभएको स्वीकारे । ‘काम गर्न अप्ठेरो छ, हाम्रोमा निर्णय प्रक्रिया नै ढिला छ,अर्कोतर्फ गुणस्तर सुधारको काम गर्दै जाँदा आइपर्ने सानो अवरोधले पनि हामी पीडित छौं,’उनले भने,‘कतै फाइबर बिच्छ्याउने काम गर्‍याे, समन्वय हुँदैन,एउटा पोल गाड्न खोज्यो,अवरोध हुन्छ, पृथ्वी राजमार्ग स्तरोन्नति भइरहेको छ, दिनदिनै तार चुँडिन्छ,सेवाग्राहीले हामीलाई कराउँछन् तर अन्य निकायले त्यो कुरा बुझ्दैनन् ।

निर्देशक यादवले गण्डकीका २५ लाख १ हजार ८४२ जनाले टेलिकमको सेवा लिएको जानकारी दिए । गण्डकीमा पोष्टपेड मोवाइल चलाउने ७० हजार र प्रिपेड मोवाइल चलाउने २३ लाख ९२ हजार ५०४ जना रहेको पनि उनले बताए ।

नेपाल टेलिकम क्षेत्रीय कार्यालय पोखराका व्यापार प्रमुख महेन्द्र रिमालले नेपाल टेलिकमको सहरदेखि गाउँसम्म पुगेको जिकिर मात्रै गरेनन्,सस्तो र भरपर्दो भएको पनि बताए ।

पछिल्लो समय नेपाल टेलिकमले प्रदान गरेको फाइबर टु होम – एफआइटीएच) बाट इन्टरनेट, टेलिभिजन र फोन सुविधा,अन्तर्राष्ट्रिय रोमिङ,कर्पोरेट युजर ग्रुप (सीयूजी)नमस्ते वाइफाइ,डेडिकेटेट लिज सर्भिस,नोटिस बोर्ड,टोल फ्रि नम्बरजस्ता सेवाबारे उनले विस्तृतमा व्याख्या पनि गरे । टेलिकमले प्रदान गर्ने प्याकेजहरुले गुणस्तरमा सम्झौता नगर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले नेपाल टेलिकमले गुणस्तर र सेवामा आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने बताएका छन् । ‘सरकारी सेवा गुणस्तरी हुँदैन भन्ने भ्रम चिर्नुपर्ने यहाँहरुको दायित्व हो,’उनले भने,‘राज्यप्रतिको दायित्व टेलिकमले भुल्नुहुँदैन, अन्य कम्पनीसँगको प्रतिस्पर्धामा खरो उत्रनुपर्छ ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले नेपाल टेलिकमलाई सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको जिम्मेवारी नभुल्न आग्रह गरे ।

नेपाल टेलिकमकी सहायक व्यापार अधिकृत कविता श्रेष्ठको संचालन रहेको कार्यक्रममा पोखरा कार्यालय प्रमुख बसन्त माझीलगायतले पनि टेलिकमको विभिन्न सेवाबारे जानकारी गराएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ