राष्ट्रियसभामा एमालेले माग्याे प्रधानमन्त्री प्रचण्डकाे राजीनामा

राष्ट्रियसभामा एमालेले माग्याे प्रधानमन्त्री प्रचण्डकाे राजीनामा

rashtriya-sabha

काठमाण्डाै। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा माग गरेको छ ।

बुधवार राष्ट्रियसभा बैठक शुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रीतम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् । उनले आफूहरूको माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राखे ।

प्रधानमन्त्रीले आफू व्यवसायी सिंहकाे प्रयासमा भारतकाे इसारामा प्रधानमन्त्री बनेकाे अभिव्यक्ति दिएकाले आफ्नाे पार्टीलाई स्वीकार्य नहुने नेता दाहालले बताए ।

दाहालले प्रधानमन्त्रीले आफू भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको भन्दै एमालेका सांसदहरूले राष्ट्रियसभा बैठक केहिबेर स्थगित गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ