एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, यसरी हेर्न सकिनेछ

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, यसरी हेर्न सकिनेछ

neb

पोखरा । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा छ ।

त्यसका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । एसईई को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरिने भएको छ ।

यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।

गत चैत १७ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरबाट झण्डै ५ लाख विद्यार्थी सहभागी भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds