फेवा सिमसार क्षेत्र पुरेर बनाइएकाे संरचनामा महानगरले डोजर चलायाे

फेवा सिमसार क्षेत्र पुरेर बनाइएकाे संरचनामा महानगरले डोजर चलायाे

simsaar pur

पाेखरा । फेवातालको सिमसार क्षेत्रमा अनधिकृत रुपमा बनिरहेको संरचनामाथि पोखरा महानगरपालिकाले डोजर चलाएको छ । व्यवसायी देवेन्द्र केसीले सिमसार पुरेर बनाएको संरचनामाथि महानगरले मंगलबार डोजर चलाएको हो । केसीले महानगरबाट कृषि प्रयोजनका लागि अनुमति लिएर धमाधम आवासीय संरचना खडा गरेका थिए ।

महानगरका अनुसार अनुमतिबेगर सिमसार क्षेत्रमा बनाएका सबै घडेरी संरचना भत्काउने तयारी गरेको हो । पोखरा महानगरले भू–उपयोग नीति ०७९ अनुसार जग्गा वर्गीकरण गर्दा फेवा सिमसार क्षेत्रको अधिकांश भाग आवासीय क्षेत्र तोकेको छ । महानगरले नै जग्गा वर्गीकरण गर्दा आवासीय बनाएकाले आफूले जग्गा सम्याएको निर्माण व्यवसायी बताउँछन् ।

पछिल्लो एक वर्षमा मात्रै सय रोपनीभन्दा बढी सिमसार प्लटिङ गरेर घडेरी बनाइएको छ । सिमसार पुर्ने काम अत्याधिक भएपछि अधिवक्ता मनोज घर्तीमगरले उच्च अदालत पोखरामा रिट दाएर गरेका थिए । उच्च अदालतले फेवाको चार किल्ला सीमांकनभित्र आवास निषेधित क्षेत्र तोक्न र सिमसार पुर्ने काम रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds