पोखरा । गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ ।
सडक खण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक माथिबाट आएको पहिरोले पुरिँदा राति १ बजेदेखिनै सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध भएपछि धौलागिरिका चार जिल्लाका लागि मुलुकका विभिन्न ठाउँबाट आएका सवारीसाधन डिमुवामा रोकिएका छन् भने धौलागिरिबाट छुटेका बिहानी सेवाका छोटो तथा लामो दूरीका सवारीसाधन आम्वोटमा अलपत्र परेका छन् ।
सडक खुलाउनका लागि डोजर र एस्काभेटर बोलाएर खुलाउने प्रयास भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्वतले जनाएको छ । डिमुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको छ।
सम्बन्धित खबर
मालढुङ्गा–बेनी सडक दैनिक छ घण्टा बन्द
सुन्तला छाडेर मौरीपालन, वार्षिक ३५ लाख आम्दानी
पर्वतमा देउसी भैलोप्रतिको आकर्षण बढ्दै
पर्वतको नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
पर्वतको महाशिलामा ७ करोडका पर्यटकीय पूर्वाधार निर्माण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते