प्रदेश ४ को नाम ‘गण्डकी’ हुने निश्चित, ‘नेकपा’का सांसद सर्वसम्मत

प्रदेश ४ को नाम ‘गण्डकी’ हुने निश्चित, ‘नेकपा’का सांसद सर्वसम्मत

Gandaki Province Pradesh Bhawan

file photo

पोखरा, २० असार  । प्रदेश नम्बर ४ को नाम गण्डकी राख्ने लगभग निश्चित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले गण्डकी नाम राख्न सहमति जुटाएको हो ।

निकै लामो छलफल र बहसपछि नेकपाका सांसदहरु बीच गण्डकी नाम राख्ने बिषयमा सहमति जुटेको हो । विशेषगरी माओवादी तर्फका सांसदहरु पहिचान सहितको नाम हुनुपर्ने भन्दै गण्डकी तमुवान राख्ने पक्षमा देखिएका थिए । केही एमालेका सांसदहरुले पनि त्यसलाई समर्थन गरेका थिए ।

तर धेरैको धारणा जातिय नाम भन्दा साझा नामको पक्षमा भएकोले छलफल लम्बिएको हो । केन्द्रिय तहका नेताहरुले पनि जाति नाम नराख्न आग्रह गरेपछि र बहुमत सांसदले गण्डकीको पक्ष लिएपछि प्रदेशको नामाकरण गण्डकी हुन लागेको हो ।

अर्थमन्त्री किरण गुरुङले समेत गुरुङहरुको पहिचान गण्डकीमा रहेकोले गण्डकी प्रदेश उपयुक्त हुने अभिब्यक्ति दिएपछि केही दिन पोखरामा नामको बिषयले निकै धेरै चर्चा पाएको थियो । नेकपाभित्रकै केही सांसदले हिमालयन प्रदेश पनि अघि सारेका थिए । नेकपा बाहेक काँग्रेस र जनमोर्चाले गण्डकी नाम राख्न पार्टीगत रुपमा निर्णय गराएर बुझाईसकेका छन् भने नयाँ शक्तिले चाहीँ गण्डकी–तमुवान राख्न प्राथमिकताका साथ सिफारिस गरेको छ ।

डिएनएनेपालको सहयोगमा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ