प्रदेश ४ मा सांसदको भत्ता बढ्यो (कसलाई कति ?)

प्रदेश ४ मा सांसदको भत्ता बढ्यो (कसलाई कति ?)

province-cabinet

पोखरा, २० असार । प्रदेश ४ का सांसदको भत्ता बढेको छ । बुधबारको मन्त्रीपरिषद् बैठकले सबै सांसदको भत्ता बढाउने निर्णय गरेको हो । यसअघि बैठक भत्ता स्वरुप ७ सय ५० रुपैयाँमा यातायात खर्च समेत ७ सय ५० रुपैयाँ थप गरिएको हो ।

यसअघि चैत ३० गते बसेको प्रदेशसभा बैठकले सांसदको भत्तासहित तलब सुविधा तोकेको थियो । सांसदले ४५ हजार तलब लिँदै आएका छन् भने अन्य पदाधिकारीको तलव फरक छ । बैठकले प्रमुख प्रतिपक्षी दलका नेतालाई घरभाडाका रुपमा प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिपक्षी नेतालाई ५० हजार रुपैयाँ तलब र सवारी साधन, सञ्चार, निजी सचिवालय बन्दोबस्ती, इन्धन, बिलअनुसारको धारा, बिजुलीको रकम, भ्रमण भत्ता, अतिथि सत्कार लगायतका सुविधा दिईँदै आईएको छ ।

मन्त्रिपरिषदको बैठकले प्रदेश सभाका सांसदलाई गम्भीर खालको विरामी पर्दा आर्थिक सहयोग गर्न मापदण्ड, कार्यविधि निर्माण गर्न र सरकारलाई सिफरिस गर्ने गरी समिति गठन गरिएको छ । ठूलो आर्थिक भार पर्ने गरी मृर्गौला, मुटु, क्यान्सर वा गम्भीर खालका रोग वा कुनै दुर्घटना भइपरी आएका मापदण्ड र कार्यविधिअनुसार आर्थिक सहयोगका लागि यो समिति बनेको हो ।

डिएनएनेपालबाट ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ