पोखरा । प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघ, पोखराको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिता पोखरामा हुने भएको छ ।
पोखरा रंगशालाको टेबुलटेनिस कभर्ड हलमा यहि जेठ ३० र ३१ गते हुन गइरहेको प्रदेश स्तरिय प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट १ पुरुष, १ महिला खेलाडी र व्यवस्थापक वा प्रशिक्षक मध्ये कुनै १ गरी जम्मा ३ जना सहभागी गराई दिन अनुरोध गर्दै सबै जिल्ला खेलकुद विकास समिति पत्राचार गरी जानकारी गराई सकिएको कास्की जिल्ला टेबुलटेनिस संघका सचिव कृष्ण रानाभाटले बताए ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको नाम २८ गतेसम्म दर्ता हुनु पर्ने, दर्ता इमेल वा मोवाईलबाट गर्न सकिने, खेलाडीहरुलाई एकतर्फी यातायातको सुविधाको साथै प्रतियोगिता अवधि भरको लागि खाने, वस्ने व्यवस्था गरिएको अध्यक्ष उत्तम जोशीले बताए ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते