पेनाल्टी सुटआउटमा कोलोम्बियालाई हराउँदै इङ्ल्याण्ड विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी र अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा भने इङ्ल्याण्ड ४–३ ले विजयी भयो । बुधबार बिहान सम्पन्न खेलको सुरुमा पेनाल्टी हानेका कोलोम्बियाका राडामेलले बललाई जाली चुमाए । लगत्तै इङ्ल्याण्डका ह्यारी केनले पनि बललाई जाली चुमाउँदै एक–एकको बराबरी गरे ।
यस्तै कोलोम्बियाका जाउनले पनि गोल गर्दै टीमलाई २–१ को अवस्थामा पुर्याउँदा इङ्ल्याण्डका मार्सकले प्रहार गरेको पेनाल्टीले पनि गोलको दिसा लियो । त्यसपछि कोलम्यिाका लुइस मुरियले पुन पेनाल्टी गोल गर्दा इङ्ल्याण्डका जोर्डन हेन्डरर्सनले पेनाल्टी मिस गरे ।
यतिबेलासम्म इङ्ल्याण्ड ३–२ को अवस्थामा रहँदा पेनाल्टी हान्न आएका कोलोम्बियाका माटेउसले पनि मिस गरे । त्यसपछि इङ्ल्याण्डका किरन ट्रिपियरले गोल गरेर ३–३ को अवस्थामा टोलीलाई पुर्याउँदा त्यसपछि पेनाल्टी हानेका कोलोम्बियाका कार्लोसले फेरि मिस गरे । त्यसपछि इङ्ल्याण्डका इरिक डिएरले गोल गरे र इङ्ल्याण्ड ४–३ ले विजयी भयो ।
यसअघि इङ्ल्याण्डका ह्यारी केनले पेनाल्टीबाटै खेलको ५७ औं मिनेटमा गोल गरेका थिए भने इन्जुरी समयमा कोलम्बियाका येरी मिनाले बराबरी गोल गरेका थिए । अब क्वाटर फाइनलमा इङ्ल्याण्डले स्वीडेनको सामना गर्नेछ । स्वीडेन र इंग्ल्यान्डको क्वाटर फाइनल खेल असार २३ गते हुनेछ।
सम्बन्धित खबर
नेपालले अमेरिकालाई उसकै मैदानमा १७ रनले हरायो
पोखराले आन्द्रेस गौसलाई भित्र्यायो, एनपीएलमा अनुबन्धन हुने पहिलो विदेशी खेलाडी
काठमाण्डौमा महिला साफ च्याम्पियनशिप आजदेखि सुरू, उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्दै
स्याङ्जा आइसीसी प्रथम पालिकास्तरीय पुरुष भलिबल कप
महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा
बन्दै छ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु