नागरिकता विधेयक खारेजीको माग र आम माफीको विरोधमा प्रदर्शन

नागरिकता विधेयक खारेजीको माग र आम माफीको विरोधमा प्रदर्शन

akhil rake

अनेरास्ववियु कास्की र राष्ट्रिय युवा संघ नेपालले राष्ट्रघाती नागरिकता विधेयकको खारेजी र टीकापुर घटनाको अपराधीलाई आममाफी दिएकोमा सरकार र राष्ट्रपति विरुद्ध बिरोध प्रदर्शन गरेको छ ।

पृथ्वीनारायण क्याम्पसमा राँके जुलुसका साथ अनेरास्ववियु र युवा संघले विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनपछि आयोजित कोणसभामा अनेरास्ववियु जिल्ला कमिटी संयोजक सन्तोष पोखरेल, राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पान बहादुर जिसी, अनेरास्ववियु केन्द्रिय कमिटी लेखा आयोग अध्यक्ष सुनिल तिमिल्सिना लगायतले सम्बोधन गर्दै नेपालीलाई नेपालमै अल्पमतमा पार्ने षड्यन्त्र बन्द गर्नुपर्नेमा जोड दिए ।

गैरनेपालीलाई नेपाली नागरिकता दिने उद्देश्यले नागरिकता विधेयक प्रमाणीकरण गरिएको प्रदर्शनकारीको आरोप थियो । गणतन्त्र दिवसको अवसर पारेर प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएपछि यसको बिरोध पनि उनीहरुले गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds