पोखरा । आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ।
विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको दिनलाई नेपालले दिवसको रूपमा मनाउने गरेको हो ।
सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको हो। नेपालमा भव्य कार्यक्रम गरी सगरमाथाको ७०औँ वर्षगाठ मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ।
नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठवटा हिमाल छन्।
हालसम्म करिब ७ हजार ८ सय ५१ जनाले शिखर चुमेको पर्यटक विभागको तथ्यांक छ । आरोहणका क्रममा तीन सय बढीको ज्यान गएको छ ।
यस वर्षको वसन्तयाममा मात्रै १३ जनाले सगरमाथामा ज्यान गुमाएका छन् । जसमा नेपालका ५, मलेसियाका २, चीन, भारत, अमेरिका, सिङ्गापुर, मालदोवा र अष्ट्रेलियाका १/१ जना छन् ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ