प्रदेश ४ को प्रदेश सभाले सोमबार अस्थायी रूपमा रहेको पोखरालाई नै स्थायी राजधानी बनाउने प्रस्ताव दुईतिहाइ बहुमतले पास गरेको छ ।
सोमबारको बैठकले पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव पास गरेको हो । सोमबार प्रदेश सभामा उपस्थित ५२ जना प्रदेश सभा सदस्यले नै पोखरालाई राजधानी बनाउने प्रस्तावको पक्षमा मत दिए । ६० जना सांसदमध्ये बैठकमा ५२ जनाको उपस्थिति थियो ।
त्यसअघि छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए । बैठकले सर्वसम्मत रुपमा ४ नम्बर प्रदेशको राजधानी पोखरा तोकेको हो ।
राजधानीको नाम पोखरा तोकिए पनि प्रदेशको नाम भने तोकिएको छैन । भोलिदेखि प्रदेशको नामाकरणको विषयमा छलफल गर्ने कार्यसूची छ । यसअघि गठित नामाकरण सिफारिस समितिले प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव गरेको छ । यसमा केही सांसदले मात्रै विरोध जनाएका छन् ।
सम्बन्धित खबर
स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम