मुसा निकालेपछि बुद्धको जहाज काठमाण्डौ ल्याइयो

मुसा निकालेपछि बुद्धको जहाज काठमाण्डौ ल्याइयो

buddha-air-nepal-aviatech-channel

काठमाण्डौ । ‘मुसा’ देखिएपछि जनकपुरमै रोकिएको बुद्ध एयरको जहाजबाट मुसा बाहिर निकालेर जहाज काठमाण्डौ ल्याएको छ ।

शनिबार जहाजमा मुसो रहेको यात्रुले देखेका थिए । तर, चेकजाँचका क्रममा मुसो फेला नपरेका कारण जहाज जनकपुरमै रोकिएको थियो ।

रोकिएको जहाजको ट्र्यापमा आज आइतवार बिहान भेटिएको मुसालाई बाहिर निकालिएको बुद्ध एअरले जनाएको छ ।

मुसा निकालेपछि जहाजलाई सम्पूर्ण चेकजाँच गरी २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको बुद्ध एयरले जनाएको छ ।

जहाजलाई थप निरीक्षण गरी पुनः व्यावसायिक उडान थालिने बुद्ध एअरले जनाएको छ ।

बुद्धले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds