एक महिलाले गरिन् आफ्नै शरीरमा आगो लगाएर आत्महत्या

एक महिलाले गरिन् आफ्नै शरीरमा आगो लगाएर आत्महत्या

death body

काठमाडौँ । काठमाडौँमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् ।

रामेछाप घर भई काठमाडौँ चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँमा डेरागरी बस्दै आएकी ३६ वर्षीया शान्ति श्रेष्ठले आगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । शरीरमा आगो लागेपछि छटपटिँदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज बिहान तीन बजेर २० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds