टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित

टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित

Top Bahadur Rayamajhi

काठमाडौँ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् ।

सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् ।

जिल्ला प्रहरी परिसले सोमबार संसद् सचिवालयमा रायमाझी पक्राउको पत्रसहित जानकारी गराएको थियो। संसद् सचिवालयले उनको पक्राउबारेको जानकारी सभामुखलाई उपलब्ध गराइएको थियो।

संसद्लाई जानकारी गराएपछि सभामुख देवराज घिमिरेले उक्त पत्र पढेर सदनमा जानकारी गराएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा उनी आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ परेका थिए।
पक्राउ परेका रायमाझी अर्घखाँचीबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds