पोखरा। क्रेनको ठक्करबाट पोखरामा पैदल यात्रीको मृत्यु भएको छ।
पोखरा महानगरपालिका ५ मालेपाटन स्थित पोखरा-बागलुङ सडक खण्डमा क्रेनले ठक्कर दिंदा पैदलयात्री कास्की माछापुछ्रे गाउँपालिका -७ लाहाचोक निवासी ३८ वर्षीया धना अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार दिउँसो सवा ३ बजेको समयमा बाटो काट्ने क्रममा ग १ क ५८०५ नंवरको क्रेनले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते अधिकारीलाई उपचारका लागि तत्काल गण्डकी मेडिकल कलेज पठाइएकोमा उपचारकै क्रममा शुक्रबार साँझ अन्दाजी साढे ५ बजेको मृत्यु भएको हो।
ठक्कर दिने क्रेन र चालकलाई वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया
अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सम्बन्धित खबर
पोखरामा तीन सय ६७ युवा एमाले प्रवेश
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
आइसिसीका प्रतिनिधिद्वारा पोखरा क्रिकेट मैदान निरीक्षण
प्राईम सहकारी ठगी कसूरमा पक्राउ परेका शंकर नारायण जेल चलान
संरक्षित बन्यजन्तुको सिङसहित युक्रेनी युवक पोखरा विमानस्थलबाट पक्राउ
स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम