बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

Earthquake vector frequency wave graph, seismic activity

बाजुरा । बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।

खानी तथा भूगर्भ विभागले हालसालै तयार पारेको भूकम्पीय जोखिम नक्सा (एसएचएम) मा पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नआएकाले त्यो क्षेत्रलाई पनि भूकम्पको बढी जोखिमयुक्त क्षेत्रको रूपमा औंल्याइएको छ । ५०० वर्षदेखि ठूलो भूकम्प नगएकाले पश्चिम नेपाल बढी जोखिममा रहेको वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारी बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds