गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सुन्दर कुमार थकाली,मुस्ताङ
मुस्ताङको घरपझोङ गाउँपालिका ५ ठिनी गाउँमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाई केन्द्र बनेको छ ।जिल्लामा संञ्चालित दुई होमस्टे मध्ये ठिनी होमस्टेमा पर्यटकको आगमन बढेपछि यहाँ होमस्टे व्यवसायी महिलाहरु प्रत्यक्ष लाभान्वित भएका हुन् ।
सदरमुकाम जोमसोम नजिकै जोडिएको ठिनी गाउँ व्यवसायिक रुपमा ओझेल परेपछि ०७३ सालमा स्थानीय जनमुक्ति युवाक्लवले होमस्ट व्यवसायको अवधारणा सारेको हो ।जिल्लामा यातायातको संञ्जाल जोडिएपछि वर्षेनी हवाई तथा धावनमार्ग हुँदै मुस्ताङको भुगोल अवलोकन गर्ने तथा मुक्तिनाथ र प्रसिद्ध शालग्राम स्थल कागबेनीधाम दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटक पनि ठिनी होमस्टे पुग्ने गरेको क्लवले जनाएको छ ।यसअघि मुस्ताङमा पर्यटकको संख्या बृद्धि भएपनि होमस्टे नहुदा ठिनीका स्थानीयले कुने व्यवसायिक लाभ लिन सकेका थिएनन् ।यसका लागि ठिनीका युवापंक्तिले होमस्टे व्यवसायमा जोड दिन महिलालाई उत्प्रेरणा जगाएका हुन् ।
गाउँघरका महिलालाई जागरुक र संगठित गराउदै दैनिक आयआर्जनमा सुधार ल्याउने हेतुले क्लवकै सक्रियतामा २ वर्षअघि सुरुवाती चरणमा ५ घरधुरीलाई अघोषित होमस्टेको रुपमा संञ्चालन गरिएको जनमुक्ति युवाक्लव ठिनीका अध्यक्ष नरेन्द्र थकाली सुनाउछन् ।प्रारम्भिक चरणमा ठिनी होमस्टेलाई अघोषित रुपमा संञ्चालन गर्ने महिला व्यवसायीम स्थानीय जुमा थकाली,मिना थकाली,स्मीता थकाली,आईतकुमारी थकाली र बत्तीमाया थकाली छन् । यसपछि ०७४ साल भदौ महिनामा ठिनी होमस्टे औपचारिक रुपमा विधिवत एक्याप जोमसोममा दर्ता गराईयो ।होमस्टे दर्ता भएपछि साविकको होमस्टेको संख्यामा थप ३ घरधुरी जोडिए ।अहिले ठिनीमा होमस्टेको संख्या ८ पुगेको संयोजक समितिकी अध्यक्ष बत्तीमाया थकाली बताउछिन् । पछिल्लो पटक होमस्टे थपिनेमा मनदेवी थकाली,मदना थकाली र बालकुमारी थकाली छन् ।
होमस्टे दर्ता संगै जिल्ला घरेलु तथा साना उद्योग बिकास र अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमको साझेदारीमा पहिलो पटक उनीहरुलाई होमस्टे कुकिङ तालिमको अवसर जुरायो ।त्यस्तै ठिनी होमस्टे प्रर्वधनका लागि नेपाल पर्यटन बोर्डले १ वर्षअघि देखि सहयोग पु¥याएको होमस्टे समितिकी सदस्य जुमा थकालीले जानकारी दिईन् ।उनले एक्याप र घरेलु तथा साना उद्योगले जिल्ला बाहिरका होमस्टेहरुको अवलोकन समेत गराएको सो बाट होमस्टे संञ्चालन गर्ने नयाँ सृजनाहरुको ज्ञान प्राप्त भएको उल्लेख गरिन् ।चालुवर्षमा स्थानीयतहले १ लाख आर्थिक सहयोग र एक्याप जोमसोमले प्राविधिक सहयोग गरेपनि होमस्टे तालिम पर्याप्त नभएको उल्लेख गरिन् ।उनले यसका लागि स्थानीयतहले ठुलै बजेट बिनियोजन गरेर होमस्टेलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्ने तर्क गरिन् ।
जोमसोम देखि करिव २ किलोमिटर पुर्वतर्फ अवस्थित ऐतिहाँसिक ठिनी गाउँमा मोटर बाटो बिस्तार भएको छ ।यातायात जोडिएपछि जोमसोमबाट ठिनीको गन्तव्य जम्मा १५ मिनेट भएको छ ।लमजुङको बेशी शहर, मनाङ र मुक्तिनाथक्षेत्र हुँदै वैकल्पिक पदमार्गमा यात्रा गर्ने तेश्रो मुलुकका पर्यटक ठिनी होमस्टेमा बाँस बस्न लालायित हुने गरेको होमस्टे संञ्चालिका स्मीता थकाली सुनाउछिन् । सदरमुकाम जोमसोम बजारको महङ्गो बसाई र होमस्टेमा आफुले चाहेजस्तो ,रोजेजस्तो अर्गानिक खानाका परिकार तथा थकाली परिकार चाख्न पाईने , थकाली जनजाती पहिरनमा सेल्फी खिच्न पाईने र पर्यटकका लागि न्यानो आतिथ्यताले पछिल्लो समय ठिनी होमस्टेको क्रेज बढेको थकालीको भनाई छ ।
ठिनी होमस्टेमा एकै पटकमा १ सय २० जना पर्यटक अटाउन सक्ने क्षमता छ ।जसअनुसार १ होमस्टे घरधुरीमा दैनिक १५ जना पर्यटक बस्ने सुविधा छ ।होमस्टेमा बस्न आएका समुहगत पाहुनालाई सामुहिक विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । होमस्टेमा बसे वापत पर्यटकले प्रतिप्यक्ति सादा खानाको २ सय ५० ,लोकल खाना मासुको ३ सय ५० र होमस्टे शुल्क बसेको १ सय ५० तोकिएको छ ।होमस्टेमा थकाली खानाका मुख्य परिकार फापरको ढिडो ,लोकल कुखुरा र च्याङ्ग्राको मासु र उवा र स्याउका ब्रान्डी उपलब्ध छ ।त्यस्तै ठिनी होमस्टेमा आएका पर्यटकले ठिनी गाउँ वरपर रहेको ढुम्बाताल,कुछ्प तेरङ्गा गुम्बा,स्नो लियोपार्ट,यारुजो भ्यु टावर,कैसाङ क्याम्पमा रहेको छम्मा ताल,तिलिचो ताल,भम्पो गुम्बा ,निलगिरी हिमाल र जोमसोम बजार अवलोकन गर्ने गर्दछन् ।
घरपझोङ गाउँपालिका ५ ठिनीमा करिव सय भन्दा बढी घरधुरीले बसोबास गरेका छन् ।जसमध्ये १५ प्र्रतिशत दलित समुदायको बस्ती छ ।यहाँका अधिकाँश स्थानीयवासी कृषि व्यवसायमा आश्रित छन् ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
कोरला नाका जोड्न चराङ खोलामाथि पुल
कोरला नाकासम्मको सडक कालोपत्र गर्न माग
कोरला नाकामा छैन खानेपानी, सार्वजनिक शौचालय नहुँदा खोज्नुपर्छ झाडी
मुस्ताङको निषेधित क्षेत्र हटाउन माग
तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङ्ग्रा बिक्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ