बेगनासतालमा उदयपुरका अनुप भण्डारीको शव फेला

बेगनासतालमा उदयपुरका अनुप भण्डारीको शव फेला

begnas-lake

पोखरा। पोखराको बेगनासतालमा एक व्यक्तिको शव फेला परेको छ।

पोखरा महानगरपालिका -३१ स्थित बेगनासतालमा सोमबार बिहान अन्दाजी ८:३० बजेको समयमा उदयपुर जिल्ला घर भएका अन्दाजी ३१ वर्षका अनुप भण्डारीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार मृतक भण्डारी परराष्ट्र मन्त्रालयका नायव सुब्बा रहेको उनको साथमा भेटिएको परिचय पत्रका आधारमा खुलेको छ।

साेमबार बिहान ताल किनारमा घोप्टो परेको अवस्थामा मानिसको शव फेला परेको भन्ने जानकारी पश्चात ईलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक भगवानराज थापाको कमाण्डमा खटिएको प्रहरीको टोलीले शवको निकाली पोष्टमार्टमका लागि पश्चिम क्षेत्रिय अस्पताल पठाएको हो।

हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीको भनाई छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds