पोखरा। विद्युतीय पार्श्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने तयारी गरिरहेको पोखरा महानगरपालिकाले शनिवार वडा नं.१ देखी २५ सम्मका जनप्रतिनिधि सहित स्थानीय टोल विकास संस्था, आमा समूहका प्रतिनिधि र सर्वेक्षकहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ ।
पोखरा सभागृहमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ऐनमा गरिएको व्यवस्था अनुसार नगर विकासको निमित्त नगर क्षेत्र भित्रको तथ्याङ्क सङ्कलन गरी समग्र महानगरपालिकाको अवस्था तथा वस्तुस्थिति झल्कने गरी नगर पार्श्वचित्र तयार पार्न लागेको बताए । भरपर्दो र सही तथ्याङकिय आधार नै वैज्ञानिक योजना पद्धतिको जग हुनेभएकोले वस्तुपरक र वैज्ञानिक तथ्याङ्क अभिलेखीकरणका लागि विद्युतीय पार्श्वचित्र तयार गर्न लागिएको उनले बताए ।
“पोखरा महानगरपालिकाको विद्युतीय पार्श्वचित्रले महानगरपालिकाको विकास योजनाका लागि नयाँ विकासका सम्भावनाहरूको खोजी, अध्ययन, अनुसन्धान एवं विश्लेषणमा सहयोग गर्नेछ, उनले भने, यस पार्श्वचित्रले राष्ट्रिय कार्यक्रमहरूलाई समेट्दै नगर भित्र रहेका मौजुदा स्रोत र साधनहरूलाई परिचालन सहित नगर विकास योजना तर्जुमा गर्ने प्रक्रियामा विकास योजनाहरूको अनुगमन तथा मुंल्याकन प्रक्रियामा समेत तथ्याङ्क र सूचनाका माध्यमद्वारा आधारभूत जग बसाल्ने काम गर्नेछ ।” सोही अनुसार नगरको वस्तुस्थिति चित्रण तथा विश्लेषण दस्ताबेज तयार गरिने प्रमुख आचार्यले बताए ।
पोखरा महानगरपालिका वडा नं.१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले महानगरको समग्र अवस्थाको विद्युतीय अभिलेखीकरणका लागि पारिवारिक विवरण सहितको तथ्याङ्क सङ्कलन महत्त्वपूर्ण हुने बताइन् । तथ्याङ्क सङ्कलनका क्रममा व्यक्तिको पारिवारिक अवस्था, आर्थिक अवस्था, व्यवसायीक विवरण, घर बहाल, कृषि तथा पशुपालन, रोजगारीको अवस्था, शिक्षा, स्वास्थ्यमा पहुँच, वैदेशिक रोजगारी, पञ्जिकरण अद्यावधिक लगायतका विवरणहरू सङ्कलन गरिनेछन् ।
महानगरका प्रमुख सुचाङ्कहरु, खण्डीकृत सुचाङ्कको पहिचान, आर्थिक सबलता र दुर्बलताको अवस्था, विपन्नता र विपत् जोखिम क्षेत्रहरूको पहिचान लगायतका अवस्थामा यो उपयोगी हुनेछ । महानगरपालिकामा सञ्चालित व्यवसायहरूको वैधानिकता र प्रत्येक आर्थिक वर्षमा आर्थिक गतिविधिहरूको विवरण सहित आर्थिक सर्वेक्षण प्रकाशनका लागि भर पर्दो सूचनाको रूपमा यसले सहयोग गर्नेछ ।
महानगरपालिका ३३ वडामा तथ्याङ्क सङ्कलनका लागि २२० जना सर्वेक्षकहरू छनौट भएका छन् । उनीहरूलाई आवश्यक अभिमुखीकरण तालिम समेत प्रदान गरिसकिएको छ । उनीहरू तथ्याङ्क सङ्कलनका लागि यही वैशाख २५ गते देखी फिल्डमा खटिनेछन् ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर