काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैलाई पनि छुट नदिइने बताएका छन् । सिंहदरबारमा आज एमालेका अध्यक्ष ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अभियुक्तहरुको खोजी र कारबाही नरोकिने बताएका हुन् ।
सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले ओलीले अनुसन्धानबारे कन्सर्न राखेको बताए। उनले भने, “हामी कसैको दबाबमा पर्दैनौँ, कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन ।
अध्यक्ष ओलीले तपाईँसँग टोपबहादुर रायमाझीलाई बचाउन आग्रह गर्नुभएको हो ? भन्ने प्रश्नमा प्रचण्डले ‘अस्ति र आज यो विषयमा कुराकानी भएपनि प्रधानमन्त्रीसँग कसैलाई बचाउने कुरा गर्न नमिल्ने प्रतिक्रिया दिए। उनले अगाडी भने – “प्रधानमन्त्रीसँग यस्ता कुरा गर्न कसैले पनि सक्दैन ।”
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ