सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, बजेटको १ प्रतिशत रकम आविष्कार कोषमा राखिने

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, बजेटको १ प्रतिशत रकम आविष्कार कोषमा राखिने

343569694_1427424454461820_5819553229392703473_n

काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच ७ बुँदे सहमति भएको छ ।

तीन दिनदेखि माइतीघरमा आन्दोलनरत रहेका पुन र उप–प्रधानमन्त्री तथा रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीबीच ७ बुँदे सहमति भएको हो ।

सहमति अनुसार आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारको पूँजीगत बजेटको १ प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गरिने छ ।

सहमति पत्रको तेस्रो बुँदामा उल्लेख भएअनुसार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा संचालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र सो कोषमा सरकारको तर्फबाट १ प्रतिशत बजेट जम्मा गर्ने सहमति भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds