बाजुरामा मध्यरातिदेखि ३ पटक भूकम्प

बाजुरामा मध्यरातिदेखि ३ पटक भूकम्प

Earthquake vector frequency wave graph, seismic activity

पोखरा । बाजुरामा मध्यरातिदेखि ३ पटक भूकम्प गएको छ ।

गएराति ११ः५८ बजे ४.९ म्याग्निच्युडको, राति १ः३० बजे ५.९ म्याग्निच्युडको र आज बिहान ९ः२५ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

३ वटै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोट रहेको जनाएको छ । मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए ।

मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको थियो ।

भूकम्पले क्षति पुर्याए/नपुर्याएको एकीन हुन सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds