पोखराको ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु

पोखराको ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु

Dozar

पोखरा। पोखराको ल्याण्डफिल साइटमा डोजरले च्यापिएर एक मजदुरको मृत्यु भएको छ।

पोखरा महानगरपालिका -३२ लामेआहल स्थित ल्याण्डफिल साइटमा पोखरा महानगरपालिकाको ग १ ग १३४ नं. काे डोजरले च्यापिएर सोहि डोजरका चालक पोखरा रामबजार बस्दै आएका अन्दाजी ६० वर्षका मुसाफिर दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार विहीबार साँझ अन्दाजी ७ बजेको समयमा फोहोर व्यवस्थापन गर्ने क्रममा डोजर अचानक अनियन्त्रित भइ पल्टिँदा दासको मृत्यु भएको हो।

घटनाको जानकारी पश्चात ईलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक भगवानराज थापाको कमाण्डमा खटिएको टोलीले आवश्यक मुचुल्का तयार पारी घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

तस्वीर: सन्दीप पाैडेल/मिलन पाैडेल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds