किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ शुक्लागण्डकीका महत पक्राउ

किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ शुक्लागण्डकीका महत पक्राउ

arrest

काठमाण्डौ। १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका -११ स्थायी घर भइ हाल टोखा नगरपालिका -९ दिपज्योती बस्दै आएका ३१ वर्षीय कृष्ण बहादुर महत छन्।

प्रहरीका अनुसार महतले १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले शनिबार राति पक्राउ गरेको हो।

उनीमाथि जबर्जस्ती करणी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds