काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले काठमाडौंको हितमा काम नगर्ने भए राजधानी या सिंहदरबार अन्यत्र सार्न चुनौती दिएका छन् । बिहीबार सामाजिक सञ्जालमा स्टेटस लेख्दै शाहले सिंहदरबार या राजधानी नै अन्यत्र सारे पनि काठमाडौंबासीले कुनै आपत्ति नहुने बताएका छन् ।
उनले अगाडि लेखेका छन्- ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्, हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति होइन ।’
महानगरपालिकाका समस्या समाधानका लागि पटक-पटक प्रधानमन्त्री र सम्बन्धित अरु मन्त्रीलाई भेटेर आग्रह गर्दा पनि बेवास्ता भएपछि बालेनले चार दिनयता शीतलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर उठाउन छाडेका छन् ।
बालेनले पटक पटक केन्द्र सरकारसँग समस्या समाधानका लागि सहयोग मागेपनि सहयोग नगरेको गुनासो गर्दै आइरहेका छन्।
सम्बन्धित खबर
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते