पोखरा। पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ शब्द हटाइएको छ । महानगरको सम्पन्न तेश्रो नगरसभाले अब पोखरा महानगरपालिका मात्र रहने गरी लेखनाथ शब्द हटाएको हो । उपमहानगरपालिका रहँदा पनि पोखरा मात्र थियो । पछि, लेखनाथ नगरपालिका सहित आसपासका गाविस गाभेर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरियो ।
एमालेतर्फका सचेतक तथा पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले सभामा नाम परिमार्जनको प्रश्ताव पेश गरेका थिए । उनको प्रश्तावलाई काँग्रेस सचेतक तथा पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले समर्थन गरेका थिए । यस प्रस्तावमाथि ४० जना नगर सभासद्ले आफ्ना धारणा राखे ।
धेरैले कवि शिरोमणि लेखनाथ पौड्याललाई ससम्मान उनको नामा अन्य क्षेत्रमा जोड्न सकिने तर महानगरको नाम पोखरामात्रै हुनुपर्ने बताए । नामको बिषयमा पहिले देखि नै विरोध र विवाद आएकोले हटाउनका लागि प्रश्ताव गरिएको हो । बहुमत वडाध्यक्ष र सदस्यहरुले नाम परिमार्जन गर्ने बिषयमा समर्थन जनाएका छन् ।
साविक लेखनाथ नगरबासीले भने लेखनाथ नगरपालिका रहँदा एक अर्ब बजेट आउनेमा अहिले महानगरमा मिसिएपछि त्यस क्षेत्रमा २० करोड मात्र आएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् । विकास पनि नहुने, लेखनाथ नाम पनि हटाउने भएपछि नगरपालिका नै हुनुपर्ने केहिको माग छ । तर, सर्वसम्मत रुपमा नाम हटाई ग्रेटर पोखराको अवधारणामा अघि बढेको महानगरपालिकाले जनाएको छ ।
महानगरको सभाबाट पारित भएसँगै नेपाल सरकारलाई अस सिफारिस पठाईने तयारी भएको छ । नेपाल सरकारले राजपत्रमा प्रकाशित गरी नाम परिवर्तन भएको घोषणा गर्नेछ र त्यसपछि कामकाज नयाँ नामअनुसार अघि बढ्नेछ ।
सम्बन्धित खबर
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
पोखराको होटलमा जुवा खेलिरहेका ६ जना पक्राउ
गण्डकी प्रदेशमा पनि ६९ औं प्रहरी दिवस मनाइयो
पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेन
डेंगु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु