गण्डकी सांसद पहाडी पश्चिमाञ्चल अस्पताल भर्ना

गण्डकी सांसद पहाडी पश्चिमाञ्चल अस्पताल भर्ना

received_760683032250111

पाेखरा । गण्डकी प्रदेश सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको प्रमुख सचेतक बिन्दु पहाडी अस्वस्थ भएकी छन् ।

हर्निया रोगको उपचार गर्न उनी अस्पताल भर्ना भएकी हुन् । हर्नियाकाे अपरेशन गर्न पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा आज भर्ना भएकाे पार्टीले जनाएकाे छ ।

सांसद पहाडीले स्वेच्छाले सरकारी अस्पताल राेजेकाे बताइन् । ‘नेताहरु प्राय: आफू बिरामी हुँदा कि त प्राईभेटमा कि त विदेशमा उपचार गराउन चाहन्छन् । तर, जनताको पहुँचमा भएको अस्पताललाई हामी नेताले नै विश्वास गर्न सकेनौँ र विश्वास गर्न गर्न लायक बनाउन सकेनौँ भने जनताले कसरी विश्वास गर्ने ? कहाँ उपचार गर्ने ?’ – उनले भनिन्- ‘गण्डकी अस्पतालप्रति मेराे पूर्ण विश्वास छ । मेरो उपचार पछि अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउन मेरो पहल हुनेछ ।’

अस्पतालका चिकित्सक डा. नरेन्द्र गुरुङकाे नेतृत्वकाे टाेलीले पहाडीकाे उपचार गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ