रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित आधुनिक गीत प्रतियोगितामा कास्कीकी ममता गुरुङले गायन तर्फ प्रथम स्थान हासिल गरेकी छन् ।
गुरुङले स्वेता मैनालीको शब्द रचना र शङ्कर थापा स्माइलको सङ्गीत रहेको तारा टिपेर माला लाउँछु बोलको गीत गाएकी थिइन् । प्रतियोगितामा पाँचथरकी मुना ठटाल द्वितीय र भक्तपुरका सरोज परियारले तृतीय स्थान हासिल गरे ।
ठटालले डिपी खनालको शब्द रचना र शङ्कर थापा स्माईलको सङ्गीत रहेको कति लाए मनमा मल्हम बोलको गीत गाएकी थिइन् भने परियारले पनि खनालको शब्द रचना र थापाकै सङ्गीत रहेको बन्द भो त्यो आवाज बोलको गीत गाएका थिए ।
प्रतियोगितामा स्वेता मैनाली उत्कृष्ट गीतकार घोषित भए भने खड्ग गन्धर्व उत्कृष्ट सङ्गीतकार घोषित भए । वि सं २०२२ साल देखी सुरु गरिएको आधुनिक गीत प्रतियोगितामा यो पटक मुलुकभरबाट ३० जनाको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक (भिडियोसहित)
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
मिलन लामा र प्रकाश सपुतको सचेतनामूलक गीत ‘मजदुर’ [भिडियो]
गुमनाम विष्णु माझीले तीज गीत ल्याउँदै भनिन् – ‘आइन आमा यो तीजैमा’ [भिडियो]
‘यो देशमा बसेर दिन गन्ने मात्रै हो’ [भिडियो]
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते