काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकार लामो समय टिकाउन आग्रह गरेका छन् ।
काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा मेयर शाहले स्थानीय सरकारले एक्लैले गर्न नसक्ने कामहरु धेरै हुँदा संघीय सरकार टिकिदिए समन्वय गर्न सजिलो हुने धारणा राखे ।
शाहले स्थानीय सरकार पाँच वर्षका लागि टिक्ने स्थायी भएपनि केन्द्रमा सम्माननीयज्यू र मन्त्रीज्यू हरूको सरकार नटिक्दा आफूहरुलाई गाह्रो भएको प्रतिक्रिया दिए । उनले अगाडी भने – “सम्माननीय प्रधानमन्त्रीज्यू यसपालि सरकार केही समयलाई टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुन्थ्यो, स्थानीय सरकारले एक्लैले गर्न नसक्ने कामहरु धेरै हुन्छन् ।’
साथै मेयर शाहले स्थानीय तहका न्यायिक समितिका अध्यक्षसमेत हुने उपप्रमुखहरुलाई आफ्नै क्षेत्रबाट न्याय दिने पनि वातावरण बनाउन आग्रह गरे ।
उनले हरेक पालिकामा सिंहदरबार र सरकार छ भन्ने आभास दिलाउनुपर्ने बताए ।
सम्बन्धित खबर
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
नेपालका को–को नेता पुगे कम्बोडिया ?
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ