आजदेखि सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

आजदेखि सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

seto_machhendra

काठमाडौँ । वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सुरु हुँदैछ।

हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ।

रथयात्राका लागि आज दिउँसो चार बजे काठमाण्डौको इन्द्रचोक नजिकै रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर दरबारमार्गमा रहेको तीनधारा पाठशाला अगाडि लगिनेछ। त्यसपछि मूर्तिलाई खटबाट निकालेर रथमा राखेर रथयात्रा शुरु हुनेछ। पहिलो दिन महिलाले मात्रै रथ तान्नेछन्। रथलाई भोलि असनसम्म र पर्सि तेस्रो दिन मरुहिटी र जैसीदेवल हुँदै लगनटोल पुर्‍याइनेछ।

अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ। सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य र दीर्घायु प्राप्त हुने विश्वास छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ