ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

_earthaque-bhukampa

काठमाडौँ । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गएराति ११ बजेर ४१ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का ताप्लेजुङ र त्यस आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्‍याए/नपुर्‍याएको विवरण भने नआएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।

दुई दिन अघि बाजुरालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds