काठमाडौं। प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गर्ने ३ जान प्रदर्शनकारी रिहा भएका छन्। अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका ३ जना मंगलबार धरौटी बुझाएर रिहा भएका हुन् ।
उनीहरूसँग काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ५ हजार धरौटी माग गरेका थिए । चैत १२ मा त्यो नबुझाएर जेल चलान भएका उनीहरू आज धरौटी बुझाएपछि रिहा भएका हुन्।
धरौटी नबुझाएका कारण उनीहरू त्यसयता केन्द्रीय कारागार पठाइएका थिए। यसरी रिहा हुनेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का रहेका छन्।
उनीहरूले गएको चैत्र ७ गते नाराबाजी गर्दा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ नगर्ने क्रममा उनीहरूको प्रहरीले उनीहरूको मुख छोप्दा त्यो घटनाको व्यापक विरोध भएको थियो।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ