प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट घाइते लिम्बूको मृत्यु

प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट घाइते लिम्बूको मृत्यु

padam

विराटनगर । कोसी प्रदेश नामकरण विरोधमा प्रदर्शनको क्रममा घाइते भएको एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।

नाम खारेजीको मागसहित यही चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते पदम लिम्बू लागेहाङको मृत्यु भएको हो ।

प्रहरीको लाठी प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका लिम्बूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचारको क्रममा गएराति २ः३० बजे मृत्यु भएको हो।

मृतक लिम्बू मोरङको बेलबारी नगरपालिका–२ निवासी हुन् ।

लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमाण्डरको भूमिकामा थिए । फागुन १७ गते प्रदेश–१ को नाम कोसी नामकरण गरिएको थियो ।

त्यसपछि खारेज गरी पहिचानसहितको पुनः नामकरणको मागसहित ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले प्रदर्शन गरेको थियो। सोही क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा लिम्बू घाइते भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds