पोखरा । रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ । रुपाताल खोलाको छेउमा परापूर्व कालदेखी लाग्दै आएको पूरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्ने भएको छ ।
मेलाबारे जानकारी दिन बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा शान्ति रुपमा तमु समाजका निवर्तमा अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले परापूर्व कालदेखी लाग्दै आएको मेलालाई ब्यूँताउन सानो प्रयास स्वरुप मेला सुरु गर्न लागिएको बताए ।
‘रुपाताल छेउमा पहिले चैते दशैको अवसरमा दुई दिने ठूलो मेला लाग्थ्यो । जसलाई सिस्टेनी मेला भनिन्थ्यो । हजारौंको सहभागीता हुने उक्त मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुन्थे’ अध्यक्ष गुरुङ भने,‘जहाँ स्थानीयस्तरमा उत्पादन भएका माटोको भाँडा, कुटो कोदालो, फाली, चोयाबाट बन्ने नाङ्लो, डोको लगायतका सामाग्री किन्ने गतिलो अवसर यहि मेला थियो । त्यही अवसर सिर्जना गर्न मेला गर्न लागेका हौं ।’
मेलाकै अवसरमा साविक वडा स्तरीय दोस्रो पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता,भाले प्रतियोगिता, रस्साकस्सी प्रतियोगिताहुने शान्ति बराहथोक तमु युवा परिवारका सल्लाहकार चन्द्र गुरुङले जानकारी दिए । प्रतियोगितामा कास्की, लमजुङ, पर्वत, तनहुँ, स्याङजालगायतका जिल्लाबाट २० टिम सहभागी हुने अनुमान रहेको उनले जनाए ।
भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ६० हजार रुपैयाँ, उपविजेताले पुरस्कार स्वरुप ३० हजार रुपैयाँ, तृतीय पुरस्कार १५ हजार, अनुसासति टिमलाई पाँचहजार रुपैंयाँ पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछन् । यसैगरी उत्कृष्ट खेलाडी, बेस्ट सटर, बेस्ट लिफ्टर, बेस्ट ब्लकर, बेस्ट डफेन्डर र बेस्ट सिर्विस गर्नेलाई ट्रफि र जर्सी पुरस्कार दिइने परिवारका अध्यक्ष फसेल बहादुर गुरुङले बताए । भलिबल टिम दर्ता मिति १०७९ चैत १४ देखि १५ गते दुई बजे सम्म गरि सक्नुपर्नेछ । साथै टिम दर्ता शुल्क पाँच हजार रुपैंया लाग्नेछ । छेलो प्रतियोगितामा प्रथम पुरस्कार पाँच हजार रहेको छ भने दर्ता शुल्क २ सय ५० रुपैंयाँ लाग्नेछ । भाले प्रतियोगितामा प्रथम पुरस्कार भाले रहेको छ भने दर्ता शुल्क एक सय राखिएको छ । यस्तै रस्साकस्सी प्रतियोगितामा प्रथमले पाँच हजार रुपैंयाँ र प्रमाणपत्र पुरस्कार पाउँनेछ । जसका लागि दर्ता शुल्क २ सय ५० रुपैंयाँ लाग्नेछ भने टिममा ५ जना महिलासहित १२ जना हुनुपर्नेछ ।
मेला सम्पन्न गर्नको लागि ३ लाख ९९ हजार रुपैंयाँ खर्च हुने र २ लाख २५ हजार रुपैंयाँ बचत हुने अनुमान गरिएको अर्थ संकल समितिका सहसंयोजक सुवेदार तुलबहादुर गुरुङले बताए । मेलामा लाग्ने उक्त खर्च विभिन्न प्रायोजक संस्था र व्यक्तिबाट सहयोग संकलन गरि जुटाइनेछ । मेलामा सहभागीहुने दर्शकहरुको लागि स्थानीय कलाकारहरुबाट विभिन्न मनोरञ्जनमुलक कार्यक्रम गरिने मेला आयोजक मुल समितिको संयोजक क्याप्टेन बुद्धिबहादुर गुरुङले बताए ।
मेलाको आयोजक शान्ति रुपा बराहथोक तमु युवा परिवार रहेको छ भने शान्ति रुपा बहारथोक तमु समाज, शान्ति रुपमा आमा समूह, रुपा युवा क्लब, नौलो तारा क्लबले सहआयोजकको भूमिका निभाउनेछन् । शान्ति रुपमा बराहथोक तमु सजमाका अध्यक्ष क्याटेन बुद्धिबहादुर गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा परिवारका अध्यक्ष फसेल बहादुर गुरुङ, शान्ति रुपमा बराहथोक आमा समूहका अध्यक्ष बेलकुमारी गुरुङ, समाजसेवी भेजबहादुर गुरुङ र योगेन्द्र गुरुङको समेत सभागिता रहेको थियो ।
सम्बन्धित खबर
१५ औं वार्षिकोत्सवको अवसर पारी युनाईटेड क्लबद्वारा पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण
अन्तराष्ट्रिय उडान नियमित गर्न सबैको पहल आवश्यक छः मन्त्री बस्याल
गण्डकी कोटिहोम महायज्ञको भूमि पूजन बैशाख ३ गते गरिँदै
बद्रीले नचाए आलु महोत्सवका दर्शक
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण