पोखरा । नेपाली र मगर भाषामा निर्माण भएको मगर कथानक चलचित्र ‘उखान’ पोखरामा चैत २५ गते प्रदर्शन हुने भएको छ ।
मगर कथानक चलचित्र ‘उखान’ निर्माता समूहले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलन गर्दै नेपाली र मगर भाषामा निर्माण भएको फिल्मी पोखरामा चैत २५ गतेको मिति तय भएको जानकारी दिएको हो ।
मगर कथानक चलचित्र ‘उखान’का निर्माता मेक बहादुर आलेले हराउँदै गएको मगर समुदायको भाष र संस्कृतिलाई समेटेर ‘उखान’ मगर चलचित्र निर्माण गरेको बताए ।
‘पछिल्लो समय मगर समुदायमा भाषा र संस्कृति लोप हुँदै गएको छ, त्यसैको जर्गेना स्वरुप चलचित्र निर्माण गरेका छौं, निर्माता आलेले भने, ‘ काठमाडौंमा चैत १८ र पोखरामा चैत २५ गते प्रदर्शन गर्ने तयारी गरेका छौं ।’
उनले चलचित्र प्रदर्शनबाट आएको रकम सामाजिक सेवामा खर्च गर्ने समेत जानकारी गराए ।‘देशको विभिन्न जिल्लाहरुमा चलचित्र प्रदर्शन गर्ने तयारी अनुसार पोखरामा आएका छौं, चलचित्र प्रदर्शनबाट आएको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने निर्णय गरेका छौं ।’ उनले भने ।
निर्माता आलेका अनुसारमा पोखरामा चैत २५ गते पोखरा १० भ्रमणकोट पार्टी प्यालेसमा मगर कथानक चलचित्र ‘उखान’ प्रदर्शन हुँदै छ ।
पत्रकार सम्मेलनमा चलचित्र ‘उखान’का निर्देशक प्रकाश कुमार दर्लामीले मगर समुदायमा हराउँदै गएको भाषा र संस्कृतिबाट नै चलचित्रको सुरुवात भएको बताए ।
‘मगर कथानक चलचित्र ‘उखान’, चलचित्र मगर भाषामा मात्र छैन, नेपाली र मगर भाषा दुवै चलचित्र तयार भएको छ, दर्लामीले भने, ‘चलचित्र हलमा प्रदर्शन हुने भएपनि हामीले बजारमा मात्र नभएर ग्रामीण क्षेत्रमा समेत चलचित्र प्रदर्शन गर्दै छौं ।’
एक्सन फिल्मसको ब्याजरमा निर्माण भएको ‘उखान’ चलचित्र प्रकाश कुमार दर्लामीको लेखन निर्देशन, कार्यकारी निर्माता मेकबहादर आले, सहनिर्देशक न्यूसन दर्लामी मगर, टेक बहादुर अस्तानी र देव कुमार दर्लामीको निर्माता, निर्मला थापा मगर र सुनिता आले मगर सह–निर्मातामा चलचित्र तयार भएको छ ।
चलचित्रमा कलाकार खड्ग बहादुर पुन (खबपु), प्रकाश कुमार दर्लामी, रिमा काउचा मगर, काजिमान पुलामी, धनमाया सोति मगर, हेमा पुन मगर, बलबिक्रम थापा, सावित्री रानामगर, मेक आले, शंकर सुनुवार, दीपक योगी, लक्ष्मी श्रेष्ठ र बाल कलाकारमा नम्रता पुन मगरको मुख्य अभिनय रहेको छ ।
सम्बन्धित खबर
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
लेकबाट बेसी झर्न थाले भेडाका बथान
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते