मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाइँदै

मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाइँदै

holi

जनकपुरधाम । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाइँदै छ।

तराई मधेशको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट होली पर्व मनाउने परम्परा रहेको छ।

मंगलबार परिक्रमा सम्पन्न भएपछि आज मिठामिठा परिकार बनाएर खाँदै एकअर्कालाई रंग दलेर हर्सोल्लासपूर्वक होली मनाइँदै छ।

यसअघि फागुन पूर्णिमाको दिन सोमबार पहाडी जिल्लामा र एकदिन पछि मंगलबार तराई मधेशका जिल्लाहरुमा होली पर्व मनाइएको थियो।

असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक एवं आपसी एकता सद्भावको रुपमा होली पर्व मनाईन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds