पोखरा । विहीबार २१ जुन, चौथो अन्तर्राष्ट्रिय योग दिवस । यस दिवसको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गरियो । पतञ्जली योग समिति, प्रदेश ४ समितिले त्रिदिवसीय कार्यक्रम अन्तगर्त दिवसका अवसरमा योगका प्रक्रियाहरु सम्बन्धमा वृहत प्रशिक्षण कार्यक्रम ग¥यो ।
सिर्जनाचोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म योग कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले योग मानव स्वास्थ्यका लागि अत्यन्त आवश्यक रहेको बताए । उनले व्यस्त दैनिकीका बीच पनि आफ्नो स्वास्थ्यका लागि समय छुट्याउन आवश्यक रहेको बताउँदै स्वस्थ जनशक्तिले मात्र मुलुक समृद्धि हुने बताए ।
सो अवसरमा राजश्व कार्यालयका केशव उप्रेति, प्रदेश सांसद मीना गुरुङ लगायतको उपस्थिति थियो । प्रदेश समितिका अध्यक्ष दिपकराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कास्की समितिका अध्यक्ष परमेश्वर दाहालले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव विश्वमणि तिवारीले गरेका थिए ।
संयुक्त राष्ट्र संघले सन् २०१४ मा विश्वभर जुन २१ तारिखमा दिवस मनाउने निर्णयपछि विभिन्न कार्यक्रम गर्दै दिवस मनाउँदै आएको छ । मंगलबार पत्रकार सम्मेलन तथा बुधबार प्रभातफेरि आयोजना गरिएको थियो । योग प्रशिक्षक रश्मी अधिकारी भण्डारीले कार्यक्रममा उत्साहजनक सहभागिता रहेको जानकारी दिईन् ।
सम्बन्धित खबर
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
संविधानको कार्यान्वयनसँगै समृद्धि हासिलः प्रदेश प्रमुख भट्ट
संविधान दिवस : स्याङ्जामा प्रभातफेरी
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत वर्ष साढे ४ लाख बढीले लिए सेवा
हिसान कास्की अध्यक्षमा हिल पोइन्टका दिवाकर, सचिवमा प्रतिभाका किरण
प्रदेश प्रमुख भट्टद्वारा संविधान दिवसमा शुभकामना व्यक्त
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग