छतबाट खसेर घाइते भएका नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ।
उनी शनिबार दिउसो दिउँसो २ बजेतिर शंखमुलस्थित एक कफी सपको छतबाट खसेर घाइते भएका थिए। छतबाट खसेका उनी बिजुलीको तारमा अल्झिएका थिए। प्रत्यक्षदर्शीका अनुसार त्यसपछि भूईमा पछारिएका थिए।
उनलाई तत्काली नयाँ बानेश्वरस्थित निजामति कर्मचारी अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ।
नेता उपाध्याय पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन्। ६२ वर्षीय उपाध्याय इन्जिनियर हुन्। पछिल्लो समय एकीकृत समाजवादीमा संलग्न थिए।
प्रहरीका अनुसार उनी रूफटपमा एक्लै बसेका थिए। एक्कासी ठूलो आवाज आएपछि क्याफेका कर्मचारी तथा सञ्चालकले हेर्दा उनी खसेको देखेका थिए। उनी पछिल्लो तीन दिनदेखि उक्त क्याफे पुगेका थिए।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ