निर्माण व्यवसायी र क्रसर उद्योगीलाई धम्काएर पैसा असुल्ने विष्णु थापा (रोबट) तनहुँको घाँसीकुवाबाट पक्राउ

निर्माण व्यवसायी र क्रसर उद्योगीलाई धम्काएर पैसा असुल्ने विष्णु थापा (रोबट) तनहुँको घाँसीकुवाबाट पक्राउ

pakrau-3

तनहुँ । गुण्डागर्दी शैलीमा निर्माण व्यवसायी र क्रसर उद्योगीहरु लाई धम्काएर पैसा असुल्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।

उद्योगी तथा व्यवसायी लाई धम्काएर पैसा असुल्ने रिसिङ गाउँपालिका वडा नं. ७ अर्खलछाप स्थायी घर भई हाल व्यास नगरपालिका वडा नं. ४ बस्ने बर्ष २७ का रोबट भन्ने बिष्णु थापा लाइ प्रहरीले पक्राउ गरेको हो । थापा लाइ बुधबार तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

रकम असुली तथा सेयर समेत माग्ने गरेको सुचना प्राप्त भएपछी थापा लाई निग्रानी गर्ने क्रममा उनलाई बुधबार घासीकुवा बाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले थापा लाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरी संग समेत विवाद गरेका थिए ।

थापा लाइ पक्राउ गरी बुधबार नै जिल्ला प्रशासन कार्यालय तनहुँबाट केही सार्बजनिक अपराध मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ