काठमाण्डौ। सहकारी चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
रातको समयमा काठमाण्डौ टोखा -७ स्थित मिसास बचत तथा ऋण सहकारी संस्थामा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोट गढी नगरपालिका – ११ तिगाउँ घर भई हाल तारकेश्वर – १ भत्केको पुल बस्दै आएका ३३ वर्षीय रुप बहादुर तामाङ छन्।
तामाङले गत माघ ३ गते राति उक्त सहकारीको ढोका फोडेर सेफ सहित नगद २ लाख चोरी गरेको प्रहरीले जनाएको छ। घटनाका बारेमा अनुसन्धान गर्दै जाँदा तामाङको सक्रियता देखिएकोले उनलाई सोमबार काठमाण्डौको बसुन्धराबाट चोरी गर्न प्रयोग गरिएका औजार सहित पक्राउ गरेको हो।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ